प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको मंगलबार जवाफ दिने

 0  30
प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको मंगलबार जवाफ दिने

काठमाडौं, २२ वैशाख । मंगलबार बस्ने राष्ट्रिय सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।

यही वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गरेका थिए । त्यसमाथि आज देखि छलफल सुरु हुने र प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रिय सभामा जवाफ दिने भएका हुन् ।

संघीय संसद्‍मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । राष्ट्रिय सभामा आज र भोलि मंगलबार नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । त्यसपछि भोलि प्रधानमन्त्री ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तालिका क्यालेन्डरमा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow