तारकेश्वर गाउँपालिका  वडाध्यक्षको निधन

तारकेश्वर गाउँपालिका  वडाध्यक्षको निधन

 0  11
तारकेश्वर गाउँपालिका  वडाध्यक्षको निधन

९  श्रावण, नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका – ६ का वडाध्यक्षको निधन भएको छ ।  वीर अस्पतालमा उपचाररत वडाध्यक्ष नारायणप्रसाद रिमालको सोमवार निधन भएको हो । 

नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । गत २०७९ सालको स्थानीय तह निर्वाचनमा रिमाल  एमालेका तर्फबाट विजयी भएका थिए ।

 आज गाउँपालिकामा शोक बिदा दिएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारीले शोक बिदा दिएको जानकारी दिदै आज गाउँपालिका अन्तर्गतका सार्वजनिक कार्यालयहरू र शैक्षिक संस्थाहरूमा बिदा हुने र  सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा झुकाउने बताएका छन् ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow