दीपक मनाङे कांग्रेस देउवा समूहमा प्रवेश
काठमाडौं, १३ असोज । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।
देउवा पक्षबाट गठित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले मनाङेलाई मंगलबार पार्टीमा प्रवेश गराएका हुन्।
कोइरालाको सचिवालयका अनुसार उनलाई इतर समूहले महाधिवेशनका लागि मनाङको संयोजकको जिम्मेवारी दिएका छन्।
देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्दैछ।
What's Your Reaction?





