बिना कारण भीआईपीलाई पक्राउ गर्ने क्रम जारी रहेमा सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

 0  6
बिना कारण भीआईपीलाई पक्राउ गर्ने क्रम जारी रहेमा सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

काठमाडौं, १२ असोज । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अरुलाई तर्साउन पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएको हुनसक्ने आकलन गरेका छन् ।

वर्तमान सरकारको नियत ठीक नदेखिएको भन्दै प्रचण्डले बिना कारण भीआईपीलाई पक्राउ गर्ने क्रम जारी रहेमा सरकारले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्। सुरक्षा ‘थ्रेट’का बहानामा कसैलाई दुःख दिन नहुने बताउँदै यस्ता कदम सरकारकै लागि घातक हुने उनको भनाइ थियो।

‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो। त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने, सुरक्षा थ्रेट हो भने सुरक्षाकर्मी बढाइदिन पर्‍यो नि ! तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ। यो सरकारको लागि भारी पर्छ। यही तरिकाले सरकार चलाउने कोशिस, दुस्साहस भइराख्यो भने यसको मूल्य धेरै ठूलो पर्छ भन्न चाहन्छु,’ प्रचण्डले भने। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow