सुनचाँदी व्यवसायीको विरोध प्रदर्शन जारी (तस्बिरसहित)

काठमाडौं, २५ असार । आन्दोलनरत सुनचाँदी व्यवसायीहरुले आज पनि आफ्नो विरोध प्रदर्शन जारी राखेका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सुनमा लगाएको २ प्रतिशत विलासिता कर र हिरामा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेजीको विरुद्धमा सुनचाँदी व्यवसायीहरु आन्दोलित बनेका हुन् ।
हजारौंको संख्यामा उपस्थित भएका सुनचाँदी व्यवसायीहरूले न्युरोड जुद्धशालिकबाट र्याली सुरु गरेर इन्द्रचोक, जनबहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेर कार्यक्रम समापन गरेका थिए ।
नेपाल रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी संघ र नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको संयुक्त आयोजनाका आजको विरोध कार्यक्रम आयोजना गरिएको थियो ।
(तस्बिर : रेनु कार्की)
What's Your Reaction?






