कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघद्वारा सीप प्रवर्धन शुल्क र भ्याट बिल–बिजक सम्बन्धी प्रशिक्षण सम्पन्न

 0  9
कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघद्वारा सीप प्रवर्धन शुल्क र भ्याट बिल–बिजक सम्बन्धी प्रशिक्षण सम्पन्न

२९असार काठमाडौँ | कागेश्वरी मनोहरा सुनचाँदी व्यवसायी संघमा आबद्ध सम्पूर्ण सदस्य व्यवसायीहरूका लागि सीप प्रवर्धन शुल्क तथा भ्याट बिल–बिजक सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

शुक्रबार काठमाडौंको काडाँघारीस्थित शान ब्याकेट, खहरेमा आयोजित कार्यक्रममा संघका अध्यक्ष प्रदिप विश्वकर्माको अध्यक्षता रहेको थियो भने नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दियेश रत्न शाक्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, कोटेश्वरका कर अधिकृत विष्णु सिग्देलले प्रमुख प्रशिक्षकका रूपमा व्यवसायीहरूलाई सीप प्रवर्धन शुल्क, भ्याट बिल–बिजक तथा करसम्बन्धी कानुनी व्यवस्थाबारे प्रशिक्षण दिएका थिए।

त्यसैगरी, प्रहरी प्रभाग कोटेश्वरका प्रमुख एकबहादुर कुँवरलगायत विभिन्न व्यक्तित्वहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रममा करसम्बन्धी नियम, बिल–बिजकको सही प्रयोग, व्यवसायीले पालना गर्नुपर्ने कानुनी दायित्व तथा हाल लागू भएका व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको संघले जनाएको छ।

कार्यक्रमको सञ्चालन संघका महासचिव सुब्बा विश्वकर्माले गरेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow