आज र भोलि ठूलो वर्षाको सम्भावना, सर्तक रहन आग्रह
काठमाडौं, २ साउन । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार र भोलि आइतबार मनसुन थप सक्रिय भई ठूलो वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसम महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली उत्तर-पश्चिम दिशामा सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय भएर आज शनिबार र भोलि आइतबार भीषण वर्षा हुने सम्भावना देखिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि भारी वर्षाका कारण अचानक बाढी, पहिरो, कटान, गेग्रान बहाव, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीका लागि अनुरोध गरेको छ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानलगायत २३ भन्दा बढी जिल्लामा बाढीको उच्च जोखिम रहेकोले सतर्क रहन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार दुई दिन पाँचथर, इलाम, झापाा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा उच्च जोखिममा रहेका छन् ।
यी जिल्लाहरुमा रातिको समयमा सवारी साधन सञ्चालन नगर्न प्राधिकरणले अनुरोध गरेको छ ।
What's Your Reaction?





