दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न राप्रपाको माग
काठमाडौं, ५ फागुन । प्रहरीले सोमबार साँझ भक्तपुरस्थित निवासबाटै दुर्गा प्रसाईंलाई पक्राउ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्न लागेको आरोप लगाएको छ ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको आरोप लगाएको छ ।
राप्रपाका प्रवक्ता श्रेष्ठले दुर्गा प्रसाईंलाई बिना शर्त अविलम्ब रिहा गर्न माग गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ, सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ । बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ ।’
What's Your Reaction?





