जब पशुपति आर्यघाटमा जलाई रहेको शवको हड्डी निकालियो

 0  23
जब पशुपति आर्यघाटमा  जलाई रहेको  शवको  हड्डी निकालियो

२५ श्रावण , काठमाडौँ |  पशुपति आर्यघाटमा अन्तिम संस्कारको लागि जलाई रहेको अवस्थामा शवको खुट्टाको हड्डी निकालेर बिक्री गरिएको छ। सो आरोपमा प्रहरीले घाटे बाहुन गणेश ढकाललाई पक्राऊ गरेका छन् । यो अनौठो र डरलाग्दो लाग्ने  घटना गत साउन २३ गते  घटेको थियो । 

प्राप्त जानकारी अनुसार बनेपा ८, काभ्रेका ६५ वर्षीय राम शाहीको शव  जल्दाजल्दै  घाटे बाहुन गणेश ढकालले  खुट्टाको हड्डी निकालेको मृतकका आफन्तले देखे। त्यस पश्चात ढकालले आफू सँगै रहेका एकजना सहयोगीलाई मृतकको शवबाट निकालेको हड्डी दिएका थिए। सो हड्डी वापत उनले पाँचसय रुपैयाँ लिएका थिए।  हड्डी बिक्री गरेको देखेपछि मृतकका  आफन्तले प्रहरीलाई तुरुन्त खबर गरेका थिए। 

 प्रहरी टोलीले पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपूर्ण र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै अनुसन्धान थालेको छ।  शुक्रबार नै आरोपित पक्राउ परेका छन् र यो घटना निकै अनौठो र नौलो भएकाले  गम्भीर रूपमा अनुसन्धान भइरहेको प्रहरीले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow