विमान दुर्घटनामा १२० जनाको मृत्यु

 0  67
विमान दुर्घटनामा  १२०  जनाको मृत्यु

 पुस १४ गते ।

 दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार विमान दुर्घटना भएको छ । ल्याण्ड गर्ने बेला धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो ।

  विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ । १८१ जना सवार विमान धावनमार्गमा ल्याण्ड गर्नेबेला चिप्लिएर दुर्घटना भएको थियो । 

सो विमान थाइल्याण्डको बैंककबाट यात्रु लिएर फर्केको थियो । दक्षिण कोरियाको एभिएसन विभागका अनुसार मृतक सङ्ख्याबारे एकिन गर्ने काम भइरहेको छ ।

विभागका अनुसार अहिलेसम्म दुई जनाको उद्धार गरिएको छ । विभागले जनाएअनुसार बाँच्न सफल हुनेमा एकजना यात्री र एकजना चालक दलका सदस्य रहेको बिबिसी हिन्दीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow