चक्रे मिलनले पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

 0  13
चक्रे मिलनले पाए सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ

काठमाडौं, २२ साउन । अवैध सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा खेपिरहेका चक्रे मिलन भनिने मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सर्वोच्च अदालतले सफाइ दिएको छ ।

मिलनले गुण्डागर्दीबाट अवैध रूपमा ७ करोड ८ लाखभन्दा बढी रुपैयाँ कमाएको आरोपमा न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले आठ वर्षअघिको विशेष अदालतको फैसलालाई सदर गर्दै सफाइ दिएको हो ।

विशेष अदालतले २०७४ माघ १० मा उनीहरूलाई सफाइ दिएको थियो । सफाइविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सर्वोच्च अदालतमा पुनरावेदन दिएको थियो ।

विभागले अवैध गतिविधिबाट रकम आर्जन गरेको, धम्कीका माध्यमबाट रकम असुलेको तथा त्यस्तो रकमबाट प्राप्त सम्पत्तिलाई वैध देखाउने उद्देश्यले विभिन्न क्षेत्रमा लगानी गरेको अभियोग उनीहरूमाथि लगाएको थियो।

सर्वोच्चले विशेष अदालतबाट भएको सफाइको निर्णयलाई सदर गरेपछि उक्त मुद्दा टुंगिएको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow