आजको  मौसम कस्तो छ ?

 0  16
आजको  मौसम कस्तो छ ?

१८ श्रावण ,काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थान केही उत्तरतर्फ अवस्थित रहेको बताएको छ । हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेशका एक - दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक - दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow