अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध

१८ श्रावण ,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
आइतबार बिहान सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका- कोदारी स्थित अरनिको राजमार्गमा पर्ने ईकु पहिरोमा अविरल वर्षाका कारण सडक माथिबाट पहिरो झरी बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न र सतर्कता अपनाउन आग्रह गरेको छ ।
What's Your Reaction?






