सुनको मूल्य बढ्यो ! कतिमा हुदैछ कारोबार ?

१८ श्रावण ,काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ३४ सय रुपैयाँले बढेर एक लाख ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको एक लाख ९३ हजार एक सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २२५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २२३५ मा कारोबार भएको थियो ।
What's Your Reaction?






