नवयुगको उद्यमशालामा के हुदैछ ?

विदेशबाट फर्किएका रिटर्नी , प्रवासमा रहेका नेपाली‚ गैरआवासीय नेपाली , स्वदेशी लगानीकर्ताको सहित सामूहिक लगानीमा स्थापना गरिएको नवयुग पब्लिक लिमिटेड कम्पनीले भोलि १७ गते शनिवार काठमाडौँमा उद्यमशीलता सम्बन्धी एक दिने कार्यशालाको आयोजना गर्ने भएको छ ।
कम्पनीले यस आर्थिक वर्ष (२०८२/०८३) का लागि व्यवसायिक तथा वित्तीय लक्षित विषयहरू, उद्यमशाला स्थापना ,स्थानीय उद्यम अवसरको पहिचान ‚ रिटर्नी र प्रवासीको अनुभवको देश निर्माणमा प्रयोग आदिको बारेमा छलफल हुने आयोजकले बताए |
कार्यशालामा सम्बन्धित क्षेत्रका विज्ञ ‚ रिटर्नी‚ स्थानीय उद्यमी‚ एनआरएन एवं कम्पनीका सम्भावित लगानीकर्ताहरू सहभागिता रहने छन् ।
नेपाल हाउस ‚ हात्तीसार काठमाडौँमा सम्पन हुने सो कार्यशाला बिहानको ७:३० बजेदेखि सुरुहुने र त्यसको सम्पूर्ण तयारी पुरा भएको प्रबन्ध निर्देशक शालिकग्राम बसेलले बताए ।
What's Your Reaction?






