विविध बिषयमा निर्णय गर्दै रिटर्नी फेडेरेसनको सचिवालय बैठक सम्पन्न

रिटर्नी फेडेरेसन नेपाल, प्रचार विभाग
काठमाडौं, १ भदौ । रिटर्नी फेडेरेसन नेपालको सचिवालय बैठक साउन ३१ गते शनिबारको दिन फेडेरेसनको केन्द्रिय कार्यालय थापागाउँ बानेश्वरमा सम्पन्न भएको छ । बैठकमा प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले नेकपा एमाले मिसन ८४ को लक्ष्यको साथ अगाडि बढेको र निर्वाचन नै क्रान्तिको थलो भएको बताए । नेकपा एमाले नै सर्वोत्कृष्ट विचारको पार्टी भएको भन्दै सङ्गठन निर्माणमा जोड दिनुपर्ने बताए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सङ्गठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकालले पार्टी विधान अधिवेशनको नजिक रहेकोले रिटर्नीहरुले आफ्नो नीति र मुद्धामा केन्द्रीत भएर सुझाब दिनु पर्ने सही समय रहेको बताए । नेकपा एमालेको केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसनका ईन्चार्ज डा.कृष्ण बहादुर केसीले उद्यमशीलता सहितको राजनीति लक्ष्य बोकेको सङ्गठनका नेताहरू तल्लो कमिटीसम्म पुगेर भेटघाट एवं बैठक राखेर अगाडि बढ्नु पर्ने साथै तल्लो तहको सङ्गठन परिचालन नभएसम्म मिसन पुरा गर्न नसकिने, उधमशाला र आर्थिक मुद्दा अनि सामाजिक कार्य गर्नको लागि समेत प्रदेश स्तरको कार्यक्रममा लाग्न निर्देशन दिए ।
उद्यमशीलता सहितको राजनैतिक लक्ष्यको साथ अगाडि बढेको रिटर्नी फेडेरेसन नेपालले रिटर्नीहरुको सामूहिक पुँजीलाई सङ्कलन गरेर २५ अर्बका नवयुग इन्भेष्टमेन्ट कम्पनी बनाउने योजनाको साथ अगाडि बढेको छ भने नवयुग इन्भेष्टमेन्ट कम्पनीले प्रदेश स्तरीय कार्यक्रम गर्ने योजना पनि बनाएको छ । त्यसैगरी फेडेरेसनको कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा प्रदेश स्तरीय कार्यक्रम गर्न निणर्य गरेको छ । साथै बैठकले यस अघि सङ्गठनले गरेका निर्णयहरू निश्चित समय सिमा भित्र कार्वान्यवन गर्न समेत निर्देशन दिएको छ ।
What's Your Reaction?






