रिटर्नी फेडेरेसन नेपाल र गैरआवासीय नेपाली सङ्घबीच सम्झौता

काठमाडौं, ७ साउन । रिटर्नी फेडेरेसन नेपाल र गैरआवासीय नेपाली सङ्घबीच विविध कार्यमा सहकार्य गर्दै अगाडि बढ्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा रिटर्नीहरुको सामाजिक समायोजन, आर्थिक पुनर्स्थापना, वैदेशिक रोजगार, सामूहिक लगानी, विदेशमा आर्जित सीप र अनुभवको उपयोगिता आदि समेटिएका छन् ।
गैरआवासीय नेपाली सङ्घको केन्द्रिय कार्यालय बालुवाटारमा भएको सम्झौता पत्रमा रिटर्नी फेडेरेसनका तर्फबाट अध्यक्ष बिनोद भट्टराई एवं गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा.बद्रि केसीले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा दुवै तर्फबाट जिम्मेवार पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
(तस्बिर : उत्तम अधिकारी)
What's Your Reaction?






