वाइसिएलले भन्यो, 'प्रधानमन्त्री कार्कीको पनि सम्पत्ति छानबिन हुनुपर्छ'
काठमाडौं, ३१ असोज । माओवादी केन्द्रमा आबद्ध युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसियल)ले प्रधानमन्त्री सुशीला कार्कीको पनि सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेको छ ।
शुक्रबार अनेरास्ववियु क्रान्तिकारीसहित संयुक्त रुपमा पत्रकार सम्मेलन गरी वाइसियलका अध्यक्ष पुष्प ओलीले पूर्वप्रधानमन्त्रीहरुको मात्रै नभई पूर्वराजा, पूर्वराष्ट्रपति, राप्रपाका नेताहरुको पनि सम्पत्ति छानबिन गर्न माग गरेको हो ।
उनले भ्रष्टाचार गरेका सबैको सम्पत्ति छानबिन नभए आफूहरुलाई मान्य नहुने चेतावनी समेत दिएका छन् । उनले भने, ‘वर्तमान प्रधानमन्त्रीको पनि सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने हो हाम्रो । यो न्यायमूलक राज्य हो, समतामूलक राज्यको हो । त्यसकारण निष्पक्ष ढंगले सबैको छानबिन हुनुपर्यो । वैरभाव राखेर, पक्षपात गरेर गरिने छानबिनको हामीले विरोध गर्छौं ।'
What's Your Reaction?





