रिटर्नी उद्यमी व्यवसायीहरूको विवरण सङ्कलन गरिदै -जितेन्द्र बानियाँ
नेपालको जेन्जी आन्दोलन पछिको वर्तमान परिस्थितिमा उद्यम व्यवसाय गर्ने वातावरण झनझनै कठिन बन्दै गैरहेको र देशको बद्लिदो परिस्थितिलाई मध्यनजर गर्दै सम्पूर्ण विदेशबाट फर्किएका रिटर्नी उद्यमी व्यवसायीहरू अझ सङ्गठित मजबुत र श्रीजनशिल भै अगाडि बढ्न आवश्यक रहेको रिटर्नी फेडेरेसन उद्यमशीलता विभाग प्रमुख जितेन्द्र बानियाँले बताए |
रिटर्नी फेडेरेसनले सुरुवाती चरणबाट नै उठाउँदै आएको रिटर्नी उद्यमीहरूको विवरण सङ्कलनको काम तत्काल र प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्ने र पहिलो चरणमा करिब १० हजार उद्यमी व्यवसायीहरूको विवरण सङ्कलन गरि त्यसको आधारमा विभिन्न गतिविधि सञ्चालन गरिने साथै क्रमिक रुपमा यो सङ्ख्यालाई भावी दिनहरूमा ब्यापक बनाइने रिटर्नी फेडेरेसनको योजना रहेको छ |
यस कार्यको लागि सङ्गठनका सम्पूर्ण निकायहरू , केन्द्रिय पदाधिकारी ,सचिवालय सदस्य प्रदेश इन्चार्ज प्रदेश -अध्यक्ष, जिल्ला इन्चार्ज जिल्ला अध्यक्ष लगायत मातहतका कमिटीहरू परिचालन गरिने रिटर्नी फेडेरेसनको योजना रहेको छ | विवरण फारमको नमुना फेडेरेसनका सबै तहमा जानकारी गराई सकिएको र थप जानकारी वा बुझ्न चाहिएमा केन्द्रिय कार्यालयमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ |
रिटर्नी उद्यमी व्यवसायीहरूको विवरण सङ्कलन पश्चात रिटर्नीहरुको यथार्थ ठोस विवरण प्राप्त भै डाइरेक्टरी प्रकाशन ,वेबसाइट निर्माण, उद्यमी मेला सञ्चालन लगायत विविध गतिविधिको योजना रहेको जितेन्द्र बानियाँले बताए |
What's Your Reaction?





