आभूषण महासंघको एकदिने तालिम सम्पन्न

 0  52
आभूषण महासंघको एकदिने तालिम सम्पन्न

२२ पुष ०८२ | नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाईको सहकार्यमा गोएएमएल प्रणाली सम्बन्धी  एकदिने प्रशिक्षक प्रशिक्षण (TOTs) तालिम   सम्पन्न भएको छ । 

महासंघको केन्द्रिय कार्यालय काठमाडौँमा सन्चालित तालिममा ब्यावसायीहरूका लागि गोएएमएल प्रणालीमा अनिवार्य आवद्धताको कानुनी आधार, दर्ता प्रक्रिया, इकाईको भूमिका तथा प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोग आदि सम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।

 सहभागीहरूलाई उक्त प्रणालीको सही प्रयोगबाट वित्तीय पारदर्शिता अभिवृद्धि र अवैध वित्तीय गतिविधि नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने र यसको सहि रुपमा प्रयोग नगरिएको खण्डमा नेपाल सरकारले ब्यास्था गरेको दण्ड सजायको बारेमा  सचेत गराईएको थियो |

 तालिममा सहभागीहरुले प्राप्त ज्ञान तथा सीपलाई आगामी दिनमा आफ्ना–आफ्ना संस्थाहरू तथा सम्बन्धित ब्यावसायीहरू माझ विस्तार गरिने महासंघले अपेक्षा गरेको छ ।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष किसान सुनारले यस्ता किसिमका ब्यावसायि मैत्री कार्यक्रम समयानुकुल सन्चालन गर्दै लगिने र निकट भबिस्यमा यस छेत्र संग सम्बन्धित आवसकिय जानकारीको लागि महासंघमा हेल्प डेस्कको स्थापना गरिने बताए |

  महासचिव बिमल धमलाले सन्चालन गरेका सो कार्यक्रममा  उपस्थित सहभागीहरुलाई सचिव केशर सेन्चुरीले स्वागत गरेका थिए भने र प्रथम उपाअध्यक्ष द्वारिका शंकरले कार्यक्रमको समापन गरेका थिए |

कार्यक्रममा महासंघमा आवद्ध बिभिन्न जिल्ला सदस्य संघहरुको उल्लेखनीय प्रतिनिधित्व  रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow