निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जनाले पाउने छन् यी सुविधा

 0  15
निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो, १ लाख ३३ हजार ९८० जनाले पाउने छन् यी सुविधा

काठमाडौं, २४ पुस । फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावका लागि नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाल प्रहरीको मानवश्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै भोलि शुक्रबारदेखि माघ १ गतेसम्म योग्यता पुगेका इच्छुक नागरिकबाट दरखास्त आह्वान गरेको हो। यसअघि म्यादी प्रहरी भनिँदै आएकोमा पहिलो पटक निर्वाचन प्रहरी भनेर नामाकरण गरिएको हो।

निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनु पर्ने, पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले पनि प्रवेश पत्र पेश गरे भर्ना हुन प्राथमिकता पाउने छन्।

छनोट भएकाहरुलाई १० दिन तालिम दिइनेछ भने तालिम सकिएपछि एक महिना निर्वाचनमा खटाउने सरकारको तयारी छ। उनीहरुले प्रहरी जवानको सरह नै ४० दिनको तलब पाउने, निर्वाचन प्रहरीको पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता र रासन नेपाल प्रहरी सरह नै पाउने छन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow