रिटर्नी फेडेरेसनको स्थापना दिवसमा निःशुल्क आँखा शिविर

 0  17
रिटर्नी फेडेरेसनको स्थापना दिवसमा निःशुल्क आँखा शिविर

काठमाडौं, २० पुस । रिटर्नी फेडेरेसन नेपालको स्थापना दिवसको अवसरमा साताव्यापी रूपमा सञ्चालन भइरहेको विभिन्न कार्यक्रम अन्तर्गत निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा रिटर्नी फेडेरेसन नेपाल बागमती प्रदेश, काठमाडौं जिल्ला कमिटी तथा नागर्जुन नगरपालिका वडा नं ७ को संयुक्त आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो।

८० वर्षीया जेष्ठ नागरिक साहिली तामाङबाट उपचार सुरु गरेर शिविरको उद्घाटन गरिएको थियो। बिहान १० बजेबाट सुरु भएको शिविर दिउँसो २:३० बजे समापन भएको थियो।

शिविरमा कुल २३५ जना बिरामीको आँखा परीक्षण गरिएको थियो। तीमध्ये १३३ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने १२० जना औषधि आवश्यक पर्ने बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराइएको आयोजकले जनाएको छ।

आयोजक संस्थाहरूले यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयवासीहरूले घरदैलो मै निःशुल्क सेवा पाएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow