श्रम इजाजत सम्बन्धी विज्ञापन श्रम संसार रोजगार पोर्टलमा अनिवार्य प्रकाशित गर्नुपर्ने

 0  18
श्रम इजाजत सम्बन्धी विज्ञापन श्रम संसार रोजगार पोर्टलमा अनिवार्य प्रकाशित गर्नुपर्ने

२० श्रावण ,काठमाडौँ । वैदेशिक रोजगारको श्रम इजाजत सम्बन्धी विज्ञापन नेपाल सरकारको 'श्रम संसार रोजगार पोर्टल' वा 'श्रम संसार एप' मा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने भएको छ ।
श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले यस अघि श्रम इजाजत सम्बन्धी विज्ञापन राष्ट्रिय दैनिकमा अनिवार्य प्रकाशन गर्नुपर्ने व्यवस्था भएकोमा अब देखि सरकारको श्रम संसार रोजगार पोर्टल वा श्रम संसार एपमा अनिवार्य रूपमा प्रकाशित गर्नुपर्ने भएको छ ।
श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले भनेको छ- विज्ञापन प्रकाशन गर्दा पनि नेपाली नागरिकबाट तोकिए बमोजिम दरखास्त नपरेमा वा नेपाली नागरिक छनोट हुन नसकेमा सोको प्रमाणसहित रोजगारदाताले विदेशी श्रमिकलाई काममा लगाउन श्रम इजाजतका लागि विभाग समक्ष निवेदन दिन सक्ने हुँदा श्रम नियमावली, २०७५ को नियम ७ को उपनियम (३) बमोजिम त्यस्तो विज्ञापन मन्त्रालयको रोजगार पोर्टलमा समेत राख्नुपर्ने व्यवस्था रहेकोले उक्त विज्ञापन मन्त्रालयद्वारा सञ्चालित "श्रम संसार रोजगार पोर्टल (www.shramsansar.gov.np)" वा "श्रम संसार एप" (Shramsansar app) मा समेत अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यहोरा यसै सूचनाद्वारा सरोकारवाला सबैको लागि सूचित गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow