चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा किन रोक लगाईयो ?
१५ बैशाख ०८३ \ललितपुर | उच्च अदालत पाटनले चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा अस्थायी रोक लगाएको छ। न्यायाधीश प्रकाश ढुँगानाको एकल इजलासले आगामी वैशाख २२ गतेसम्मका लागि फिल्म प्रदर्शन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
निर्देशक यम थापाको निर्देशनमा निर्माण गरिएको उक्त चलचित्र वादी समुदायका महिलाको जीवन संघर्षमा आधारित रहेको छ। निर्माण पक्षले फिल्मलाई वैशाख १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा ल्याउने तयारी गरिरहेको थियो। यसअघि केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्रसमेत प्रदान गरिसकेको थियो।
तर चलचित्रमा प्रयोग भएका केही शब्दप्रति आपत्ति जनाउँदै वादी समुदायका तर्फबाट रोशनी नेपालीले उच्च अदालतमा रिट दायर गरेपछि विवाद उत्पन्न भएको हो। सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले तत्कालका लागि फिल्म प्रदर्शन स्थगित गर्ने आदेश दिएको हो।
What's Your Reaction?





