फेरि बढ्न थाल्यो सुनचाँदीको मूल्य
काठमाडौं, १७ चैत । नेपाली बजारमा सुनचाँदीको मूल्य फेरि बढ्न थालेको छ । आज मंगलबार सुन प्रतितोला ६ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा झरेकोमा यो एक सातामा सुन प्रतितोला १६ हजार ३ सय रुपैयाँले बढेको हो ।
आज चाँदी पनि तोलामा १४५ रुपैयाँले बढेरप्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
What's Your Reaction?





