ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने

 0  11
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने

काठमाडौं, १७ चैत । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले चैत २४ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन गर्ने भएको छ ।

पार्टीको मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले वडा, पालिका, प्रदेश हुँदै राजधानी केन्द्रित प्रदर्शनका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

महासचिव शंकर पोखरेलका अनुसार चैत २४ गते सबै जिल्ला कमिटीले बृहत कार्यकर्ता भेला आयोजना गर्ने, चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला गर्ने, वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने र वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्नेलगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow