मञ्चको ५औँ अधिवेशन सम्पन्न, अध्यक्षमा खेम तिरूवालगायतका पदाधिकारी निर्वाचित

 0  39
मञ्चको ५औँ अधिवेशन सम्पन्न, अध्यक्षमा खेम तिरूवालगायतका पदाधिकारी निर्वाचित

काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको पाँचौँ अधिवेशनले अध्यक्ष पदमा खेम तिरूवालाई निर्विरोध निर्वाचित गरेको छ ।

मञ्चको शनिबार काठमाडौंमा सम्पन्न भएको पाँचौँ अधिवेशनले अधिवेशनले १५ सदस्यीय कार्यसमितिलाई नै निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा खेम तिरूवाका साथै वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र राई, उपाध्यक्षमा वीरबहादुर विक, महासचिवमा हेम राई, सचिवमा रञ्जित लकान्द्री, कोषाध्यक्षमा कबीरमान सुनुवार, सह-कोषाध्यक्षमा कमल बराइलीलाई निर्विरोध चयन गरेको हो ।

यसैगरी सदस्यहरूमा रमिता सुनार, रमेश विश्वकर्मा (ताल्छिखेल), राजकुमार सुनुवार, विश्वास शंकर, हर्कबहादुर शंकर, रञ्जित शंकर, स्मृति गदाल र रमेश विश्वकर्मा चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष खेम तिरूवाले सुनचाँदी व्यवसायीहरूको हकहित र बजारको शुद्धताका लागि विशेष कार्ययोजना ल्याउने बताए । राज्यले व्यवसायीका जायज मागहरूलाई सम्बोधन गर्न नसकेको गुनासो गदै बजारमा देखिएको विलासिता करको बोझ, नेपाल–भारत सीमामा रहेको भन्सार दरको बेमेल र स्थानीय बजारमा हुने गुणस्तरहीन मिसावट जस्ता चुनौतीलाई प्राथमिकतामा राखेर समाधान खोजिने जानकारी दिए । नयाँ सरकार र अर्थमन्त्रीबाट व्यवसायीका माग सम्बोधन हुनेमा आफूहरूले आशा राखेको पनि उनले बताए ।

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष डम्बर बराइलीले आफ्नो कार्यकालमा कठिन परिस्थितिबाट संस्थालाई फेरि उठाउन सफल भएको बताउँदै भने, ‘यो तीन वर्ष संस्थालाई एक ढिक्का बनाएर फेरि उठाउन सफल भयौं, यसमा सबैको साथीहरूको मेहनत र सहयोग रह्यो,’ उनले भने, ‘अब नयाँ नेतृत्व र नयाँ पुस्ता सम्मिलित कार्यसमितिले नयाँ उचाइमा पुर्‍याउनेमा विश्वस्त छु ।’

कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले सुनचाँदी व्यवसायीहरूका मागलाई आफूले नजिकबाट नियालिरहेको र संसद्मा पनि यस विषयलाई उठाउने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow