बैदेशिक रोजगारको बिकल्प - गाजाखेती !

१६ जेठ ०८२ | हेम राई
गाँजा के हो?
गाँजा (Cannabis) एउटा वनस्पति औषधीय बोट हो जुन विश्वभर औषधि, औद्योगिक सामग्री, र मनोरञ्जनात्मक प्रयोजनका लागि प्रयोग हुँदै आएको छ। यसलाई नेपालीमा प्रायः "गाँजा", "भाङ", "चरेस (resin form)" आदि नामले चिनिन्छ।
गाँजाको उपयोग औषधि- दर्द निवारण, मिर्गौला, क्यान्सर, मानसिक रोगहरूमा प्रयोग गरिन्छ | धार्मिक रुपमा -शिव पूजामा, साधुहरूले चिलिममा प्रयोग गर्छन् | औद्योगिक रुपमा - गाँजाको बोक्राबाट कपडा, कागज, जैविक प्लास्टिक, फर्निचर आदि | खाद्य-भाङको दाना र तेल प्रयोग गरी अचार, लड्डु, भुटेको खाजा आदि बनाइन्छ |
नेपालमा गाजा कसरी प्रतिबन्ध भयो ?
सन् १९७६ यता नेपालमा गाँजा खेती, बिक्री, र सेवन गैरकानुनी (अवैध) छ । "लागूपदार्थ नियन्त्रण ऐन, २०३३" अन्तर्गत गाँजालाई निषेधित पदार्थको रूपमा राखिएको छ।
क्यानडा, थाइल्यान्ड, जर्मनी, अमेरिका (केही राज्य) लगायत थुप्रै देशले गाँजा औषधीय र केहीले मनोरञ्जनात्मक प्रयोजनका लागि पनि वैध बनाइसकेका छन्।
१९६०–७० को दशकमा नेपाल विशेषगरी काठमाडौं, पोखरा र तराई क्षेत्रमा गाँजा खुलेर बेचबिखन हुने गर्दथ्यो। फ्रिक स्ट्रीट (Freak Street) बसन्तपुर काठमाडौँमा विदेशी पर्यटक (hippies) खुलेर गाँजा सेवन गर्न आउने गर्थे। गाँजा नेपाल सरकारबाट लाइसेन्स प्राप्त पसल (licensed hashish shops) मार्फतै बिक्री हुने गर्थ्यो र राज्यले राजस्व समेत उठाउने गर्थ्यो।
सन् १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले "War on Drugs" सुरु गरे। त्यसको प्रभाव अन्तर्राष्ट्रिय रुपमा फैलियो र संयुक्त राष्ट्रसङ्घले लागूपदार्थ नियन्त्रण सन्धि (UN Single Convention on Narcotic Drugs, १९६१) लागू गर्न अन्य देशहरूलाई दबाब दिन थाल्यो। नेपालले सन् १९७३ मा अमेरिकी दबाबमा गाँजा / चरेस निषेध गर्न थाल्यो।
हजारौं गाँजा किसानले आफ्नो जीविकोपार्जन गुमाए। ग्रामीण अर्थतन्त्रमा असर पर्यो, वैकल्पिक कृषि विकल्प नदिई गाँजा उन्मूलन गरियो।
चरेस - गाँजा खुलेर पाइने Freak Street बसन्तपुर काठमाडौँको संस्कृति समाप्त भयो। त्यसपछि गाँजा अन्डरग्राउन्ड / कालो बजारमा जान थाल्यो।
त्यस बेला नेपालमा सरकारद्वारा अनुमति प्राप्त गाँजा र चरेस पसलहरू सञ्चालनमा थिए। सरकारले कर संकलन गर्थ्यो।धेरै स्थानीय किसानले गाँजा खेती गरेर जीविका चलाउने गर्थे। पर्यटक (hippies) हरूको आकर्षण पनि यही थियो जसले सेवा क्षेत्र (hotel, restaurant) मा पनि आय थप्थ्यो।
सन् १९७३–७६ तिर अमेरिकी दबाबमा गाँजा प्रतिबन्ध गरियो। यसपछि गाँजाबाट हुने वैध आर्थिक गतिविधि समाप्त भयो।किसानहरू बेरोजगार भए, राज्यले कर गुमायो, गाँजा कालोबजारीमा धकेलियो।
यदि नेपालले गाँजालाई औषधीय र औद्योगिक प्रयोजनका लागि वैधानिकता दियो भने निम्न लाभ लिन सक्दछन -
१. कृषि क्षेत्रको सशक्तिकरण-गाँजा सुख्खा जमिन, न्यून लागतमा पनि उत्पादन हुन्छ। यो उच्च मूल्य हुने नगदे बाली हो।किसानहरूले धेरै आम्दानी लिन सक्छन् (विशेष गरी पहाडी/दुर्गम क्षेत्रहरूमा)।
२. रोजगारी सिर्जना-खेती, प्रशोधन, प्याकेजिङ, निर्यात, अनुसन्धान लगायत क्षेत्रहरूमा हजारौं रोजगारी सिर्जना हुन सक्छ।
३. निर्यात र विदेशी मुद्रा आम्दानी-अन्तर्राष्ट्रिय बजारमा गाँजाबाट बनेका औषधि, तेल, सौन्दर्य सामग्री, वस्त्रको उच्च माग छ।नेपालले CBD oil, hemp fabric, medicinal cannabis निर्यात गर्न सक्नेछ।
४. उद्योग स्थापना-गाँजाबाट कपडा, कागज, जैविक प्लास्टिक, निर्माण सामग्री जस्ता हरित उद्योगहरू स्थापना गर्न सकिन्छ।
अन्तर्राष्ट्रिय बजारको आँकडा-अमेरिकाले गाँजा व्यवसायबाट वार्षिक रू. २ खर्ब ३६ अर्ब राजस्व संकलन गर्दछ |सन् २०२८ सम्ममा विश्वव्यापी गाँजाको बजार रू. ९ खर्ब ५१ अर्ब ७५ करोड पुग्ने पूर्वानुमान गरिएको छ | थाइल्यान्डमा गाँजा खेती खुला गरेपछि पर्यटन र निर्यात दुबैमा बृद्धि भएको छ |
अमेरिकी दबाबको कारणले नेपालमा गाँजा खेति प्रतिबन्ध गरिएको थियो तर हालको दिनहरुमा सोहि देशले गाजा खेतीलाई बैधता प्रदानगरि राम्रो आम्दानी गरिरहेकाका छन् भने नेपालमा अझ सम्म प्रतिबन्ध रहनु बेकार कुरो हो | तसर्थ गाजा खेतिको बारेमा प्रस्ट नीतिनियम बनाइ तुरुन्त लागु गरि देशलाई आत्मानिर्भर बनाईनु पर्दछ जुन दैनिक रुपमा विदेशिने युवाहरुको बिकल्प बनोस |
What's Your Reaction?






