६ महिनापछि स्वदेश फर्किए धुर्मुस, रंगशालाको गाँठो फुकाउने आशासहित नेपाल आगमन

 0  12
६ महिनापछि स्वदेश फर्किए धुर्मुस, रंगशालाको गाँठो फुकाउने आशासहित नेपाल आगमन

काठमाडौं, जेठ २५ — कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ करिब ६ महिनाको अमेरिका बसाइपछि नेपाल फर्किएका छन्। परिवारसहित अमेरिका गएका धुर्मुस स्वदेश फर्कनुको मुख्य उद्देश्य लामो समयदेखि अन्योलमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आर्थिक तथा प्रशासनिक समस्या समाधानका लागि पहल गर्नु रहेको बताइएको छ।

धुर्मुसले रंगशाला निर्माणका क्रममा सिर्जना भएको ऋण तथा विभिन्न आर्थिक दायित्वहरूको विषयलाई टुंग्याउने अपेक्षासहित नेपाल फर्किएको निकट स्रोतले जनाएको छ। उनले यसअघि पनि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग भेट गरी रंगशालासम्बन्धी समस्या र चुनौतीबारे विस्तृत जानकारी गराएका थिए।

नयाँ राजनीतिक परिवेश र नेतृत्वबाट रंगशालाको विषयमा सकारात्मक पहल हुने विश्वासका साथ स्वदेश फर्किएका धुर्मुसले सम्बन्धित पक्षहरूसँग छलफल अघि बढाउने तयारी गरेका छन्।

चितवनमा निर्माण थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक अभाव, ऋणभार र व्यवस्थापकीय जटिलताका कारण लामो समयदेखि अलपत्र अवस्थामा छ। धुर्मुसको नेपाल आगमनसँगै उक्त परियोजनाको भविष्यबारे फेरि चर्चा सुरु भएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow