सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

 0  10
सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २१ जेठ।
सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले जेठ १८ गते सोमबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यसपछि बाँकी रहेको शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको हो।

सानिगाड हाइड्रोले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। त्यस्तै, कम्पनीका कर्मचारीका लागि १ लाख ७१ हजार कित्ता र सामूहिक लगानी कोषहरूका लागि २ लाख ८५ हजार कित्ता शेयर बाँडफाँट गरिएको छ।

अब सर्वसाधारण लगानीकर्ताका लागि कम्पनीले बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँ बराबरको ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको हो। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिन चाहने लगानीकर्ताले आजभित्र सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow