आकर्षक रोजगारीको प्रलोभनमा वैदेशिक रोजगारी ठगी, ७ जना पक्राउ
What's Your Reaction?
Join our subscribers list to get the latest news, updates and special offers directly in your inbox
१२ जेठ ,
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबसहित विभिन्न देश पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारतको पञ्जाब मोहाली घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने २६ वर्षीय अमित कुमार, भारतको हरियाणा फरिदावाद घर भई काठमाडौं महानगरपालिका–३ बस्ने ३९ वर्षीय राहुल कुमार, चितवनको कालिका नगरपालिका–६ घर भई काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने २७ वर्षीया मुस्कान घिमिरे रहेका छन्।
त्यस्तै, मकवानपुरको बकैया गाउँपालिका–९ घर भई ललितपुर महानगरपालिका–२३ बस्ने ३९ वर्षीय जनकबहादुर वाईबा, सुनसरीको रामधुनी नगरपालिका–५ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–१ बस्ने २७ वर्षीय मिलन घिमिरे, मोरङको बेलबारी नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१५ बस्ने २७ वर्षीय कमल थापा र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ४० वर्षीया नितु घिमिरे पनि पक्राउ परेका छन्।
प्रहरीका अनुसार उनीहरूले वैदेशिक रोजगारीमा राम्रो तलब हुने भन्दै विभिन्न व्यक्तिहरूलाई विदेश पठाइदिने आश्वासन दिएका थिए। सोही प्रलोभनमा पारी पीडितहरूबाट रकम लिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Total Vote: 3
राष्ट्रीय स्वतन्त्र पार्टी
Total Vote: 5
हटाउँछ
Total Vote: 7
देशमा रोजगारी नभएर



