इश्वरी भुजेल हत्या काण्डमा नयाँ खुलासा! ‘नेपाली ब्रो’ कुमार थापा मगरले अदालतमा के भने?
बहुचर्चित यस घटनामा अदालतमा दर्ता भएको बयानपछि प्रकरणले नयाँ मोड लिएको छ। बयानमा प्रतिवादीले घटनाअघि र घटनापछिका विभिन्न पक्षबारे आफ्नो धारणा राखेका छन् भने अनुसन्धानका क्रममा उठेका प्रश्नहरूको समेत जवाफ दिएका छन्। बयानको पूर्ण पाठ यस्तो रहेको छ-
श्रीमान् !
मेरो जन्म नुवाकोट जिल्लामा भएको हो र बाल्यकालको शिक्षादीक्षा गाउँघरमै भयो। करिब २०६१/६२ सालतिर म नेपाली सेनाको अन्य दर्जामा भर्ती भएँ। ६ महिनाको आधारभूत तालिम सकेपछि सिंहदरबारस्थित ब्याण्ड गुल्ममा बिगुल तालिम गर्ने बेलामा मेरो चिनजान सिपाही दर्जामा कार्यरत ईश्वरी भुजेलसँग भएको हो। तालिमकै क्रममा हामीबीच मायाप्रेम बस्यो र मैले उनीसँग प्रेम विवाह गरेँ।
विवाहको केही महिनापछि म छाउनीस्थित रेन्जर गणमा गएँ। त्यहाँ साथीभाइहरूले मलाई ईश्वरीले मसँग विवाह गर्नुपूर्व अर्कै मानिससँग एक वर्षसम्म 'लिभिङ टुगेदर' मा बसेको कुरा सुनाए। यो सुनेर म निकै तनावमा परेँ र धादिङको बैरेनीस्थित ६ नं. वाहिनी अड्डातर्फ आफ्नो सरुवा मिलाएँ। विवाह भइसकेकाले मैले पछि सुनेका कुराहरूको भरमा त्यति धेरै चासो भने दिइनँ।
करिब ६/७ वर्ष जागिर खाएपछि मैले सेनाको जागिर छाडिदिएँ र उपदानको रकम तथा आफूसँग भएको पैसाले तारकेश्वर नगरपालिका वडा नं. ६ पैयुँटारमा घडेरी किनेर श्रीमती ईश्वरीकै नाममा पास गरिदिएँ। जेठो छोरा जेनिस थापाको जन्म भएपछि म वैदेशिक रोजगारीका लागि विभिन्न देश गएँ र ५ वर्षअघि मात्र नेपाल फर्किएँ। नेपाल फर्किएपछि कान्छो छोरा इभान थापाको जन्म भयो र म रेस्लिङ खेल खेल्नुका साथै टिकटकमा ‘नेपाली ब्रो’ को नामबाट भाइरल बनेँ।
टिकटकमा भाइरल भएपछि भ्युज बढाउन मैले अन्य केटीहरूसँग भिडियोहरू अपलोड गर्न थालेँ, जुन श्रीमती ईश्वरीलाई मन परेन तत्पश्चात हामीबीच पारिवारिक कलह शुरू भयो। यही बीचमा मेरो चिनजान टिकटक मार्फत प्रतिक्षा आचार्यसँग भयो र हामीबीच मायाप्रेम तथा शारीरि'क सम्बन्ध समेत भयो। मैले प्रतिक्षालाई "मेरो डाक्टर गर्लफ्रेन्ड" भनी पोस्ट गरेपछि ईश्वरीले प्रहरी वृत्त बालाजुमा उजुरी गरिन् र पछि अदालतमा वैवाहिक करणी तथा स'म्बन्ध विच्छेदको मुद्दा दायर गरिन्। म रु. ५० हजार धरौटीमा छुटेर घरकै भुइँतलाको फ्ल्याटमा अलग बस्न थालेँ।
मिति २०८३ साल जेठ महिनाको २२ गते अदालतमा मुद्दाको पेशी तोकिएको थियो। सो दिन बिहान म ईश्वरी कार्यरत नारायणहिटिको सैनिक ब्याण्ड गुल्मको गेटमा पुगे पनि गाडीमा चक्कु भएकाले भित्र छिर्न डराएँ र अदालत पुगेँ। तर ईश्वरी अदालत आइनन्। दिनभर साथीहरूसँग घुमेर बेलुकी ७:३० बजे म पैयुँटारस्थित घर पुगेँ। त्यहाँ काम गर्ने केटी सुहाना तामाङले कान्छो छोरालाई भेट्न नदिएको र सोही समयमा जेठो छोरा जेनिसले फोन गरेर "तँ तुरुन्त घर छाड्, यो आमाको घर हो" भनी गाली गरेपछि म अत्यधिक तनाव र आक्रोशमा आएँ।
म रिसको सुरमा कार निकाली ठमेलतर्फ आउने क्रममा पैयुँटार-बस्नेतटार सडक खण्डको उकालोमा विपरीत दिशाबाट स्कुटरमा आउँदै गरेकी श्रीमती ईश्वरीलाई देखेँ। ईश्वरीले मेरो कार देखेपछि स्कुटर गल्लीतर्फ मोडिन्। म कारबाट झरेँ र गाडीमा सधैँ बोक्ने गरेको बटनवाला धारिलो चक्कु निकाली उनको पिछा गर्दै गल्लीको अन्तिमसम्म पुगेँ।
ईश्वरीले पर्खाल (वाल) तर्फ भाग्दै प्रतिकार गर्न खोज्दाखोज्दै मैले उनलाई पछाडिबाट नियन्त्रणमा लिएर घाँ'टी रे'टी हत्या गरेँ। हत्यापछि चक्कु बाटोको छेउमा फालेर आफ्नो कार बालाजु चमतीमा छाडी प्रहरी कार्यालयतर्फ जाने क्रममा म पक्राउ परेको हुँ। मैले बयानमा सीसीटीभी फुटेज र बरामद चक्कु सनाखत गर्दै आफ्नो अपराध पूर्ण रूपमा स्वीकार गरेको छु।
What's Your Reaction?





