अण्डाको मूल्य फेरि बढ्यो

 0  11
अण्डाको मूल्य फेरि बढ्यो

काठमाडौं, ७ असोज । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य फेरि बढाएको छ । संघले आज मंगलबारदेखि लागू हुने गरी प्रतिक्रेट १० देखि १५ रुपैयाँसम्म अण्डाको मूल्य बढाएको हो।

बढेको मूल्यअनुसार अब सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ६१५, ठूलो अण्डा प्रतिक्रेट ६ सय रुपैयाँ पर्नेछ । होलसेल र फार्म मूल्यमा परिवर्तन भए पनि सर्वसाधारणले किन्ने खुद्रा मूल्य भने नबढाइएकाले उपभोक्ताले पहिले जस्तै ठूलो अण्डा प्रतिगोटा २५ रुपैयाँ र मिडियम अण्डा २ गोटाको ४५ रुपैयाँमै खरिद गर्न पाउने संघले जनाएको छ ।

संघका अनुसार सबैभन्दा ठूलो (एक्सएल) अण्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी ४ हजार ३०० रुपैयाँ र ठूलो अण्डाको मूल्य प्रतिपेटी ४ हजार २०० रुपैयाँ तोकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow