एकीकृत हुँदै सुनचाँदी क्षेत्रका व्यवसायीहरू
What's Your Reaction?
Join our subscribers list to get the latest news, updates and special offers directly in your inbox
२८ बैसाख ०८३ | काठमाडौं |नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चद्वारा गत बैसाख २६ गते काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सुनचाँदी व्यवसाय क्षेत्रमा देखिएका विभिन्न समस्या, बेथिति तथा व्यवसाय व्यवस्थापनका विषयमा व्यापक छलफल गरिएको छ।
कार्यक्रममा व्यवसाय क्षेत्रलाई व्यवस्थित बनाउने, प्रशासनिक कार्यलाई संस्थागत गर्ने, हप्तामा एक दिन व्यवसाय बन्द गर्ने तथा ज्याला–जर्तीमा एकरूपता ल्याउने विषयमा मुख्य रूपमा छलफल भएको थियो। सहभागीहरूले व्यवसायिक अनुशासन, पारदर्शिता र स्वस्थ प्रतिस्पर्धाका लागि साझा मापदण्ड आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा नेपाल राष्ट्रिय कला व्यवसायी संघका अध्यक्ष एवं राष्ट्रिय सभा सदस्य घनश्याम रिजाल, नेपाल शिल्प व्यवसायी संघका अध्यक्ष केशव विश्वकर्मा, काठमाडौं सुनचाँदी व्यवसायी संघकी अध्यक्ष रोहिणा देवी शाक्य, ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुविन बज्राचार्यलगायत करिब १२ वटा संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमार्फत सहभागी संघ–संस्थाहरूले “अध्यक्ष फोरम” गठन गर्ने सहमति गरेका छन्, जसको संयोजकमा मञ्चका अध्यक्ष खेम तिरुवालाई तोकिएको छ। कार्यक्रममा उठेका विषयमा पुनः छलफल गरी समस्याको समाधानका लागि सामूहिक पहल गरिने जनाइएको छ।
कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष खेम तिरुवालले गरेका थिए भने संस्थापक अध्यक्ष गणेश लाकान्द्रीले यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्ने बताएका थिए।
यसैबीच, कार्यक्रममा उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यमा निर्वाचित रत्न आभूषण संघ ललितपुरका अध्यक्ष कृष्णलाल महर्जनलाई सम्मान समेत गरिएको थियो।
Total Vote: 3
राष्ट्रीय स्वतन्त्र पार्टी
Total Vote: 5
हटाउँछ
Total Vote: 7
देशमा रोजगारी नभएर

