माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 0  13
माधव नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, १७ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालसहित ९७ जना विरूद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ ।

सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज)को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाट निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरेको आरोपमा अख्तियारले नेपाल र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको जग्गा बिक्री गर्न दिएर दुर्गम स्थानमा जग्गा सट्टापट्टा गर्न ०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले अनुमति दिएको थियो। त्यसबेला मन्त्रिपरिषद्ले ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न दिएर बिक्रीको वातावरण बनाइदिएको अख्तियारको आरोप छ।

अख्तियारले यसमा भ्रष्टाचार भएको भन्दै उनीहरुविरुद्ध करिब साढे ७३ करोड रुपैयाँ बिगो माग दाबी गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow