सुनको मूल्य ह्वातै घटेपछि बजारमा सुन अभाव
1.
काठमाडौं । हिजो आज सुनको भाउ ह्वातै घटेपछि बजारमा सुन अभाव देखिएको छ । सोमबार तोलामै १५ हजार ९ सयले घटेको सुनको मूल्य मंगलबार पनि २ हजार ६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सयमा कारोबार भईरहेको छ ।
सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेसँगै अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेपछि नेपालमा पनि सुनको मूल्यमा भारी गिरावट आएको हो । सुनको मूल्य घटेपछि पसलहरुमा ग्राहकको चहलपहल बढेको भए पनि व्यवसायीले सुन स्टक नरहेको बताएका छन् ।
बैंकहरुले नेपाल बैंकर्स संघको सिफारिसमा दैनिक २० किलोसम्म सुन आयात गर्न पाँउछन्। व्यवसायीको माग बमोजिम नै बैंकहरुले सुन आयात गर्ने गरेका छन्। अहिले बजारमा अभाव देखिएपछि बैंकहरुले सुन आयात गर्न लागेका हुन्। अहिले बैंकहरुसँग सुनको स्टक शुन्य छ। केहि समय अघिदेखि नै बैंकहरुले सुनका स्टक शुन्य बनाएर बसेका छन्। व्यवसायीले माग नै नगरेपछि तिहारपछि संघले आयातको लागि सिफारिस नै गरेको छैन। जसले गर्दा व्यवसायीले बैंकबाट सुन खरिद गर्न पाएका छैनन्।
बजारमा सहज रुपमा सुन उपलब्ध नभएको कारण नयाँ अर्डर लिनका लागि समेत समस्या भएको सुन व्यवसायीहरु बताउँछन्। घटेको मूल्यमा सुन गरिद गर्न भने ग्राहकको सुन पसलमा भिडभाड नै देखिन्छ। अन्य दिनहरुमा भन्दा भाउ घटेपछि सुनको माग दोब्बर भन्दा धेरै बढेको व्यवसायीहरु बताउँछन्।
What's Your Reaction?