भारतीय सेना प्रमुख सेठ नेपाल आउँदै

 0  10
भारतीय सेना प्रमुख सेठ नेपाल आउँदै

काठमाडौं, २१ साउन । २०२६ जुन ३० मा भारतीय सेनाको ३१औँ सेना प्रमुख बनेका भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपालका प्रधान सेनापति र भारतका प्रधानसेनापति नियुक्त भएपछि एक अर्का देशमा जाने चलनअनुसार नै सेठ साउन ३१ गते (अगस्ट १६) मा नेपाल आउन लागेका हुन्।

भ्रमणका क्रममा उनलाई नेपाली सेनाको मानार्थ महारथी (जनरल) को दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम छ। नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने संभावना छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow