सुनचाँदी क्षेत्रका मागसहितको ज्ञापनपत्र सांसद डा. तोसिमा कार्कीलाई बुझाइयो

 0  65
सुनचाँदी क्षेत्रका मागसहितको ज्ञापनपत्र सांसद डा. तोसिमा कार्कीलाई बुझाइयो

१६ बैशाख २०८३ | ललितपुर

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले घोषणा गरेका योजनाअनुसार सुनचाँदी क्षेत्रसँग सम्बन्धित विभिन्न मागहरू समेटिएको ज्ञापनपत्र आज एक कार्यक्रमका बीच ललितपुर क्षेत्र नम्बर–३ की प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीलाई बुझाइएको छ।

उक्त ज्ञापनपत्रमा सुनचाँदी क्षेत्रमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, हिरा तथा बहुमूल्य पत्थरमा लाग्दै आएको १३ प्रतिशत भ्याट हटाउनुपर्ने, व्यवसायी आचारसंहिता निर्देशिका कार्यान्वयन तथा व्यवसायीहरूको हक–हितसँग सम्बन्धित विविध विषयहरू समेटिएका छन्।

कार्यक्रममा बोल्दै सांसद डा. तोसिमा कार्कीले सुनचाँदी क्षेत्रका जायज मागहरू सम्बन्धित निकायमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायीहरूको समस्याप्रति आफू संवेदनशील रहेको बताएकी छन्।

कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बागमती प्रदेशका अध्यक्ष हेम राई, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका उपाध्यक्ष वीरबहादुर विश्वकर्मा, व्यवसायी तथा समाजसेवी भीमसेन थापा लगायतको उपस्थिति रहेको थियो।

सुनचाँदी व्यवसायीहरूले पछिल्लो समय कर नीतिका कारण व्यवसाय सञ्चालनमा समस्या भएको भन्दै सरकारले यसतर्फ गम्भीर ध्यान दिनुपर्ने बताएका छन्। उनीहरूले नीति संशोधनमार्फत व्यवसायमैत्री वातावरण सिर्जना गर्न माग गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow