सोमबार सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौं, ४ फागुन । नेपाली बजारमा आइतबार तोलामा २ हजार ३ सय रुपैयाँले बढेको सुन आज सोमबार ३ हजार रुपैयाँले घटेको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदी ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ सय २५ रुपैयाँले घटेको हो ।
आईतबार चाँदीको मूल्य तोलाको ४ हजार ९८५ रुपैयाँ थियो।
What's Your Reaction?





