अन्डाको मूल्य बढ्यो

 0  12
अन्डाको मूल्य बढ्यो

काठमाडौं, २ वैशाख । लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य बढाएको छ । सीमा नाकामा गरिएको कडाइका कारण बाहिरबाट आउने अन्डाको आयात रोकिएकाले र बजारमा माग बढेको तर उत्पादन घटेको भन्दै संघले अन्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो ।

नयाँ मूल्यसूचीअनुसार अब ठूलो अन्डाको मूल्य फारममै प्रतिक्रेट ४ सय ६५ रुपैयाँ पुगेको छ भने मध्यम साइजको अन्डाको मूल्य ४ सय १५ रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अन्डा ४ सय ५० रुपैयाँमा र मध्यम साइजको अण्डा ४ सय रुपैयाँमा बिक्री हुँदै आएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow