मैले लिपुलेकबारे चीनसँग राखेको धारणा रेकर्डेड छ : प्रधानमन्त्री ओली

 0  19
मैले लिपुलेकबारे चीनसँग राखेको धारणा रेकर्डेड छ : प्रधानमन्त्री ओली

काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जीनपिङसँग औपचारिक भेटवार्तामा नेपाली भूमि लिपुलेकलार्ई दुई ठूलो मुलुकमा व्यापारिक मार्ग बनाउने समझदारीप्रति आफूले असहमती जनाएको बताएका छन्।

शुक्रबार एमालेको विधान अधिवेशन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा अडिओ, भिडिओहरूमा रेकर्डेड रहेको र कुटनीतिक नोटहरूमा पनि समावेश गरिएको बताए।

उनले भने, ‘यस पटक म चीन जाँदा पनि चीनका राष्ट्रपति सी जीनपिङसँगको द्विपक्षीय औपचारिक वार्तामा मैले अरु कुराहरुसँगै लिपुलेक सम्बन्धमा भारत र चीनका बीचमा भएको सम्झौता हाम्रो भूमिमाथि, हाम्रो भूमिबाट व्यापार आदानप्रदान गर्ने भन्ने सम्झौता दुई वटा देशले गर्न मिल्दैन। त्यसकारण यसमा हाम्रो असहमति रहेको छ भन्ने कुरा मैले स्पष्ट ढंगले राखेको छु। यो कुरा रेकर्डेड छ। यो अडियोमा छ, यो भिडियोमा छ। यो नोटहरुमा छ। टिपोटहरुमा छ।’ 

नेपालको सार्वभौमसत्तामा तलमाथि पर्न नदिइने कुरा पनि राष्ट्रपति सीले आफूसँगको वार्तामा भनेको प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले राष्ट्रपति सीले सो विषयमा भारतसँग कूटनीतिक वार्ता गरेर समस्या समाधान गर्न सुझाव दिएको पनि बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow