आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

 0  13
आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, २७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पताललाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएसँगै आइतबार अस्पतालहरू सुनसान हुन थालेको भन्दै मन्त्रालयले आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।

टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरू आइतबार सार्वजनिक बिदाका कारण अस्पताल पुगेर रित्तो हात फर्किनुपर्ने अवस्था सिर्जना भएपछि जनस्तरबाट चर्को आलोचना भइरहेको थियो । 

मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'कामको भार र उपलब्ध जनशक्तिको व्यवस्थापन गरेर आइतबार पनि अनिवार्य रूपमा ओपीडी सेवा उपलब्ध गराउनु, आइतबार ड्युटी गर्ने कर्मचारी वा चिकित्सकलाई शनिबार बाहेक साताको अन्य कुनै दिन सट्टा बिदा दिने गरी व्यवस्थापन गर्नु, बिरामीको चापलाई मध्यनजर गर्दै सिफ्ट अनुसार चिकित्सक र स्वास्थ्यकर्मी खटाउनु ।'

मन्त्रालयका अनुसार उक्त व्यवस्था देशभरका प्रादेशिक अस्पतालहरूमा समेत लागू गर्न सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow