नेपाली ज्वेलरी व्यवसायीका लागि अवसर, जापान ज्वेलरी फेयर २०२६ मा सहभागी हुन पाइने

 0  10
नेपाली ज्वेलरी व्यवसायीका लागि अवसर, जापान ज्वेलरी फेयर २०२६ मा सहभागी हुन पाइने

१५ जेठ, काठमाडौँ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जापानमा आयोजना हुने “Japan Jewellery Fair (JJF) 2026” मा सहभागी हुन इच्छुक व्यवसायीहरूका लागि सूचना जारी गरेको छ।

महासंघका अनुसार आगामी २०८३ भदौ १० गतेदेखि १२ गतेसम्म अर्थात् २६ देखि २८ अगस्ट २०२६ सम्म जापानको टोकियो सहरमा उक्त ज्वेलरी फेयर आयोजना हुँदैछ। जापानको इन्फोर्मा मार्केट्स जापान कम्पनी लिमिटेडको आयोजनामा तथा Japan Jewellery Association को सह–आयोजनामा हुने उक्त फेयरको अवलोकनका लागि महासंघलाई निमन्त्रणापत्र प्राप्त भएको जनाइएको छ।

फेयर अवलोकनका लागि सहभागी हुन इच्छुक महासंघमा आबद्ध सदस्य व्यवसायीहरूले आफ्नो व्यक्तिगत तथा कम्पनीको विवरण, राहदानीको प्रतिलिपि, बिजनेस कार्ड तथा पासपोर्ट साइज फोटो १/१ प्रति सहित महासंघको सचिवालयमा बुझाउनुपर्नेछ।

महासंघले इच्छुक व्यवसायीहरूलाई आवश्यक कागजातसहित २०८३ असार १५ गते सोमबारभित्र विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।

साथै, उक्त फेयरमा संस्थागत सामूहिक दर्ता अर्थात् Group Registration प्रक्रिया तथा सहभागीहरूलाई आवश्यक सुविधा आयोजकबाट सहभागी संस्थाको आधारमा उपलब्ध गराइने जानकारी प्राप्त भएको महासंघले जनाएको छ।

महासंघले तोकिएको समयभित्र विवरण उपलब्ध गराई यस अन्तर्राष्ट्रिय ज्वेलरी फेयरमा सहभागी हुने अवसरको सदुपयोग गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। थप जानकारीका लागि महासंघको सचिवालयमा सम्पर्क गर्न सकिनेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow