संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

 0  5
संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

६ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन्। उनी नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लागेका हुन्।

प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको अपराह्न ४ः१५ बजेको उडानमार्फत अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

न्युयोर्कमा आयोजना हुने महासभालाई प्रधानमन्त्री शाहले असोज ८ गते (सेप्टेम्बर २४) सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायत उच्च सरकारी अधिकारी सहभागी हुनेछन्। परराष्ट्रमन्त्री खनाल यसअघि नै न्युयोर्क पुगिसकेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow