सरकारले चीनसँग ऋण नलिएर अनुदान सम्झौता गर्न सक्ने सञ्चारमन्त्री गुरुङको भनाई

 0  5

1.

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सरकारले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटभ (बीआरआई) अन्तर्गत ऋण नलिने तर अनुदान सम्झौता गर्न सक्ने बताएका छन् ।

काभ्रेको धुलिखेलमा आज आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री गुरुङले  बीआरआई लागू गर्ने वा नगर्नेबारे दुई कोणबाट विचार आइरहेको बताउँदै सरकारको नीति जहाँबाट पायो त्यहाँबाट ऋण लिने नभएको जिकिर गरे ।

मन्त्री गुरुङले भने,‘जुनसुकै मुलुकबाट हामी ऋण लिइहाल्दैनौँ, अनुदान भने लिन्छौँ, चीनले अनुदान दिएमा त्यो स्वीकार गर्छौं, त्यसमा सम्झौता हुनसक्छ, बुझेर बीआरआई परियोजनामा सम्झौता गर्ने देशहरुले राम्रो पनि गरिराखेका छन्, ती मुलुकमा ती आयोजना ‘गेम चेन्जर’का रुपमा कार्यान्वयन भएका हामीले देखिरहेका छौँ ।’ 

सरकारले चीनसँग ऋण नलिएर अनुदान सम्झौता गर्न सक्ने सञ्चारमन्त्री गुरुङको भनाई

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow