सुदूरपश्चिममा मौलिक पर्व ‘ओल्के’को रौनक, उपहार साटासाटदेखि माइती भेटघाटसम्म

 0  7
सुदूरपश्चिममा मौलिक पर्व ‘ओल्के’को रौनक, उपहार साटासाटदेखि माइती भेटघाटसम्म

काठमाडौँ, १ भदौ । सुदूरपश्चिम प्रदेशमा मौलिक सांस्कृतिक पर्वका रूपमा मनाइने ‘ओल्के’ पर्व आज परम्परागत विधिअनुसार मनाइँदैछ। सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न समुदायले पनि यो पर्व मनाउने गर्छन्।

ओल्के पर्वमा आफन्त, छरछिमेक तथा इष्टमित्रबीच ‘ओल्को’ अर्थात् विशेष उपहार आदानप्रदान गर्ने परम्परा छ। यस दिन पिँडालुको गाभा (कलिलो पात), दूध, दहीलगायत विभिन्न मिठा परिकार उपहारका रूपमा दिने चलन रहेको छ।

पर्वसँग पारिवारिक सम्बन्ध र आत्मीयता जोडिएको छ। विशेषगरी छोरी–चेलीहरू ‘ओल्को’ लिएर माइतीघर जाने र माइती पक्षले उनीहरूलाई विशेष सत्कार गर्ने परम्परा रहेको छ। यसले परिवार तथा आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

ओल्के पर्वको अर्को महत्वपूर्ण पक्ष कृषिसँग सम्बन्धित छ। यस दिन किसानहरूले प्रयोगमा रहेका कृषि औजारहरू धोइपखाली गरी सुरक्षित रूपमा भण्डारण गर्ने चलन छ। यसरी सफा गरेर राखिएका कृषि औजारलाई आश्विन १ गते विश्वकर्मा पूजा गरेपछि पुनः प्रयोगमा ल्याउने परम्परा रहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow