काठमाडौं महानगरपालिका–१३ को सार्वजनिक सुनुवाइ तथा योजना छनोट कार्यक्रम असार २१ गते

 0  5
काठमाडौं महानगरपालिका–१३ को सार्वजनिक सुनुवाइ तथा योजना छनोट कार्यक्रम असार २१ गते

१९ असार ,काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १३ ले आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ तथा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक योजना सङ्कलन एवं छनोट कार्यक्रम आयोजना गर्ने भएको छ।

वडा कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यक्रम असार २१ गते बिहान ७:३० बजेदेखि १०:०० बजेसम्म कालिमाटी ब्याङ्क्वेट मा सञ्चालन हुनेछ।

वडा क्षेत्रभित्रका प्रबुद्ध व्यक्ति, संघ–संस्था, क्लब, महिला समूह, टोल सुधार समिति, राजनीतिक दलका प्रतिनिधि, स्थानीय वडावासी तथा अन्य सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई आफ्ना अमूल्य सुझाव तथा राय प्रदान गर्न वडा कार्यालयले अनुरोध गरेको छ।

वडा अध्यक्ष ध्रुव नारायण मानन्धर ले सार्वजनिक सुनुवाइ तथा योजना छनोट प्रक्रियामा सक्रिय सहभागिता जनाई वडाको विकास योजनालाई प्रभावकारी बनाउन सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow