गन्तव्यमा पुग्न हिँड्नै पर्छ ( तस्बिर सहित )
४ फाल्गुन, काठमाडौँ | यही फाल्गुन ३ गते शनिवार रिटर्नी फेडेरेसन नेपाल काठमाडौँ जिल्ला कमिटीको आयोजनामा नागार्जुन वडा न-७ हसनटार देखि स्विट्जरल्याण्ड पार्कसम्मको हाइकिङ पदयात्रा सम्पन्न भएको छ |
नागार्जुन वन क्षेत्र काठमाडौँ उपत्यकामा पर्ने एक महत्वपूर्ण संरक्षित वन क्षेत्र हो। यो क्षेत्र शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जको एक भाग हो र काठमाडौँ उपत्यकाको पश्चिमोत्तर भागमा अवस्थित छ।
नागार्जुन बन क्षेत्र हरियाली जंगल, पहाड, र विभिन्न किसिमका वनस्पति तथा जीवजन्तुका लागि प्रख्यात छ। यहाँ बाँदर, चितुवा, मृग, ब्वाँसो, विभिन्न जातका चरा तथा अन्य वन्यजन्तु पाइन्छन्।
नागार्जुन बन क्षेत्रमा जामाचो गुम्बा, नागार्जुन गुफा, तथा शिव मन्दिर जस्ता धार्मिक तथा सांस्कृतिक स्थलहरू नागार्जुना बन ट्रेकिङ, साइक्लिङ, र वनभोजका लागि लोकप्रिय गन्तव्य हो।
नागार्जुन दरबारमा नेपालका पूर्वराजाहरूको शिकारी निवास थियो, जसलाई हाल पर्यटकीय आकर्षणको रूपमा विकास गरिएको छ।
यो क्षेत्र काठमाडौं उपत्यकाको प्रदूषण र भीडभाडबाट टाढा गएर प्रकृतिमा रमाउन चाहनेहरूका लागि उत्कृष्ट स्थान हो।
स्वास्थ्यका लागि हिडौ !आन्तरिक पर्यटनमा टेवा पुराउ !! गन्तव्यमा पुग्न हिँड्नै पर्छ !!! भन्ने समादेशक साथ आयोजित सो पैदल यात्रामा रिटर्नी फेडेरेसन नेपाल नागार्जुन नगर कमिटीको तर्फबाट सहजिकरणको लागि स्वयम् सेवक परिचालन गरिएको थियो |
सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी काठमाडौँ जिल्ला अध्यक्ष बसन्त भण्डारीले गरेका थिए भने प्रदेश अध्यक्ष हेम राईले सहभागीहरूलाई पेय पदार्थ वितरण गरेका थिए |
What's Your Reaction?





