अब फोहोर तथा प्लास्टिकजन्य वस्तु बालेमा १० हजार जरिवाना

 0  16
अब फोहोर तथा प्लास्टिकजन्य वस्तु बालेमा १० हजार जरिवाना

काठमाडौं, २३ कात्तिक । अब काठमाडौं महानगरपालिकाको खुल्ला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर बालेमा १० हजार रुपैयाँ जरिवाना लाग्ने भएको छ ।

काठमाडौं महानगरको वातावरण व्यवस्थापन विभागले प्लास्टिक, प्लास्टिकजन्य वस्तु र फोहर बाल्न रोक लगाउँदै अटेर गरेमा १० हजार रुपैयाँ जरिवाना गर्ने चेतावनी दिएको छ ।चिसो मौसम सुरु भएसँगै फोहर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको भन्दै यस्तो चेतावनी दिएको हो ।

जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने हुँदा वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दम, खोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घ रोगको सामना गरिरहेका व्यक्तिहरुलाई बढी असर गर्ने भन्दै महानगरले यस्तो सूचना जारी गरेको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow