ग्यासमा कमिसन बढाएसँगै उद्योगीको आन्दोलन फिर्ता

 0  102
ग्यासमा कमिसन बढाएसँगै उद्योगीको आन्दोलन फिर्ता

काठमाडौं, २१ फागुन । सरकार र आन्दोलनरत ग्यास उद्योगीबिच पाँचबुँदे सहमति भएको छ ।

सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच भएको वार्तामा प्रतिसिलिन्डर ग्यासमा १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउनेसहित ५ बुँदे सहमति भएसँगै ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका हुन् ।

ग्यास उद्योगको बाह्य ढुवानी, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साबिकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भए पनि यसको मार भने उपभोक्तामा नपर्ने अर्थात प्रतिसिलिन्डर १९ सय १० रुपैयाँ नै पर्नेछ ।

पछिल्लो समय उद्योगीले घोषणा गरेको आन्दोलनका कारण उपभोक्ताले ग्यास पाउन लामो समय कुर्नु परेको थियो । ग्यास उद्योगीले लामो समयदेखि ग्यासमा कमिसन वृद्धि नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै प्रतिसिलिन्डर ५० रुपियाँ बढाउन माग गर्दै आइरहेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow